काठमाडौँ- नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ, जो मंगलबारको मूल्य एक लाख ६९ हजार चार सय रूपैयाँभन्दा एक हजार सात सय रूपैयाँ बढी हो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्य एक हजार नौ सय ७० रूपैयाँभन्दा १५ रूपैयाँ बढी हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २९३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया