काठमाडौँ- भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०मा नेपाली विद्यार्थीमाथि दमन गरेर निकालिएको घटनाले कलेज प्रशासनलाई ठूलो संकटमा पारिरहेको छ। तीन दिनअघि कलेज प्रशासनले करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज छोड्न निर्देशन दिएको थियो, जसपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन्।
भारतीय विद्यार्थीहरूले नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको ज्यादतीको विरोध गर्दै आन्दोलन थालेका छन्। कलेज प्रशासनले माफी मागेपनि स्थिति शान्त हुन सकेको छैन र नियमित पढाइ पनि सुचारु भएको छैन।
कलेजमा अध्ययन गर्दै गरेका नेपाली विद्यार्थीले साथीको मृत्युपछि प्रशासनसँग छानबिनको माग गरेपछि कलेज प्रशासनले उनीहरूमाथि दबाब दिएको थियो। कलेज प्रशासनले पछि माफी माग्दै पठाइएका विद्यार्थीको सबै खर्च दिने र फर्कन आव्हान गरेको छ।
तर, नेपाली विद्यार्थीहरूले यसलाई राष्ट्रियतासँग जोडेर सहजै फर्कने पक्षमा छैनन्। अधिकांश विद्यार्थी नेपाल फर्किसकेका छन्। यस घटनाले कलेज प्रशासनको प्रतिष्ठामा ठूलो धक्का पुर्याएको छ।
प्रतिक्रिया