काठमाडौँ- भारतको नोएडास्थित विवाह समारोहमा अन्धाधुन्ध गोली चल्दा दुई वर्षीय बालकको मृत्यु भएको हो । विवाहमा उत्सव मनाउन चलाइएको गोली लागेर बालकोनीबाट बाबुसँग विवाहको जुलुस हेरिरहेका बालको ज्यान गएको हो ।
विवाहमा सहभागी एक व्यक्तिले हावामा गोली प्रहार गरेका थिए जुन सिधै बालकलाई लागेको भारतीय सञ्चार माध्यमहरूले बताए ।
गोली लागेपछि उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । तर उनको ज्यान बचाउन भने सकिएन । प्रहरीले घटनामा दुई जनालाई अभियुक्त बनाएको हो ।
इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार घटना सेक्टर ४९ को अगाहपुर गाउँमा भएको थियो । आइतबार राति करिब ८ ३० बजे विवाहको जन्ती निस्किएको थियो । ४० वर्षीय विकास पनि आफ्नो फ्ल्याटबाट विवाह हेर्न बालकोनीमा आएका हुनु । उनका दुई वर्षको छोरा पनि जुलुस हेर्न निस्किएका थिए । त्यसपछि विवाहको जुलुसमा सहभागी एक व्यक्तिले गोली चलाएका थिए । जुन उनको बच्चालाई लाग्यो ।
विकासले तुरुन्तै छोरालाई अस्पताल लगेका थिए । तर ३० मिनेटमै उनको मृत्यु भयोको हो । घटनाको जानकारी पाएलगत्तै डीसीपीसहित धेरै प्रहरी अधिकारी पुगेका थिए। प्रहरीले दुई जनालाई पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।
प्रतिक्रिया