काठमाडौं । सुनसरीमा पनि एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । सुनसरीको कोशी गाउँपालिकाका केही ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो ।
बुधबार कृषि तथा पशुपक्षि विकास मन्त्रालयले कोशीमा बर्डफ्लु देखिएको पुष्टि गरेको हो । कोशी गाउँपालिका वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै नियन्त्रणका लागि चार किल्लासमेत तोकेको छ ।
मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।
बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन गर्ने प्रशासनको तयारी छ । उक्त फर्ममा दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया