फिल्म ‘ताण्डवम्’को सेन्सर फेल भएको छ । मंगलबार चलचित्र जाँच पास समितीले यो फिल्मको दृश्यमा आपत्ती जनाउँदै काटेर ल्याउन भनेको छ ।
जसकाकारण, मंगलबार फिल्मको सेन्सर पास हुन सकेन । आज सार्वजनिक बिदा भएकाले भोलि मात्र फिल्मको सेन्सर हुनेछ ।
फिल्मका निर्देशक जुनिम गहतराजका अनुसार, फिल्म भित्रका विभिन्न दृश्य हिंसात्मक भएकाले काटेर ल्याउन भनिएको हो । तर, त्यस्ता दृश्य काट्दा फिल्मको मर्म मर्ने उनको भनाई छ ।
जुनिमले भने–‘केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै फिल्म सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि फिल्मको जुन मर्म छ त्यो मर्छ ।’ दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ ।
फागुनको ९ गते अर्थात शुक्रबारदेखि यो फिल्म रिलिजमा आउँदैछ । तर, फिल्म सेन्सर पास नभएपछि आज हुने भनिएको प्रिमियर पनि स्थगीत भएको छ । साथै, फिल्म हलले यसलाई शोज दिन पनि पाएका छैनन् ।
फिल्ममा जुनिमको साथमा सरिना मगर, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ । यो एउटा बदलाको कथा हो ।
प्रतिक्रिया