काठमाडौँ- १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका हुन् ।
कीर्तिपुर नगरपालिका ३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका २ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताए ।
उता, बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका ७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया