काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


काठमाडौं- काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट ५६ वर्षीय अम्बरबहादुर बोगटीको मृत्यु भएको छ। बोगटी ओखलढुंगा घर भई काठमाडौं डल्लुमा बस्दै आएका थिए।

मंगलबार, बा। ५ख ८७६१ नम्बरको बसले साइकल चढेर गइरहेका बोगटीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका बोगटीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसका चालकलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।