झापामा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौँ- झापाको बुद्धशान्ति गाउँपालिका ३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बलबहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ।

मंगलबार साँझ पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए। पछि उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।