राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रहरी विधेयक बारे पूर्वविशिष्ट अधिकृतहरुसँग अन्तरक्रिया


७ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयक बारे नेपाल प्रहरीका पूर्व विशिष्ट अधिकृतहरूसँग अन्तरक्रिया गरेको छ । 

बुधबार प्रहरी क्लब प्रदर्शनी मार्गमा प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरु प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद, बम बहादुर भण्डारी र सुरेन्द्र शाहको उपस्थितिमा छलफल गरेको रास्वपाका सांसद तथा कामु प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् । 

सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु प्रो. डा. चन्दा कार्की,  मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसाकारसहित राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयका तर्फबाट संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि उपस्थित थिए ।