इन्टरनेशनल वुमन्स च्याम्पियनसिप; आज लेबनानसँग भिड्दै नेपाल, सेमिफाइनलमा पुग्ने लक्ष्य


काठमाडौँ- इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। यसअघि, दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच पहिलो खेल हुनेछ।

चार टोलीमध्ये यो नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनानको दोस्रो खेल हुनेछ। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो भने नेपालले कीर्गिस्तानलाई १–० ले जितेको थियो।

नेपालले आजको खेलमा लगातार दोस्रो जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्य राखेको छ। यदि नेपालले लेबनानलाई पराजित गर्न सक्यो भने, सेमिफाइनल पुग्ने सम्भावना एक खेल अगावै सुनिश्चित हुनेछ।