काठमाडौँ- काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान एक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनलाई उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ। घटनाका कारण स्थानीय क्षेत्र र यातायात सेवामा केही समस्या आएको छ।
प्रतिक्रिया