‘माग्ने राजा’का विल्सनको इन्ट्री



कलाकार विल्सन विक्रम राई एक नयाँ फिल्ममा जोडिएका छन् । उनले, फिल्म ‘माग्ने राजा’ साइन गरेका हुन् । उनी र फिल्मको निर्माणपक्षबिच बिहिबार कागजी संझौता गरेका हुन् ।

यो फिल्मको शिर्ष भूमिकामा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले काम गर्दैछन् । फिल्ममा नायिका वर्षा सिवाकोटी र नायक आर्यन सिग्देलले पनि काम गर्ने पक्का भइसकेको छ ।

केदार र विल्सनले फिल्म ‘राम कहानी’मा एक दशक अगाडि काम गरेका थिए । विल्सन विक्रम राइलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिएका केदारले उनको नाम ‘तक्मे बुढा’ पनि नामाकरण गरेका थिए ।

यसैले, विल्सनले केदारलाई ‘गुरु’ मान्ने गरेका छन् । केदारले आफूहरु लामो समयदेखि एकसाथ काम गर्न उत्सुक रहेको बताउँदै बल्ल जुरेको बताए । विल्सन पनि केदारसँग सहकार्य गर्न पाउँदा उत्साहित छन् ।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको यो फिल्ममा वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएकोछ ।

आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरेको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामिप्यराज तिमिल्सिनाको पटकथा रहनेछ । फिल्मको छायांकन शिवरात्रीका दिनबाट हुनेछ ।