ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न धवल शमशेरको आग्रह


काठमाडौं । राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दै । महामन्त्रि तथा संयोजक आन्दोलन परिचालन समिति राप्रपाका मा.डा धवल शम्शेर राणाले सम्पूर्ण देश वासीमा यो आग्रह गर्नु भएको छ ।

७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ । मंगलबार पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पूर्व राजा शाहले देशलाई राम्रो होस भनेर आफूहरुले सबै कुरा त्याग गरेको र फेरि पनि आवश्यक परेमा त्याग गर्न तयार रहेको बताएका छन् । उनले आफूहरुले गरेको त्यागलाई असामान्य नठान्न पनि आग्रह गरेका छन् ।