‘मायावी’को नयाँ गीतमा भजन गाउँदै पल शाह



नायक पल शाह फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’मा भजन गाउँदै गरेको अवस्थामा देखिएका छन् । फिल्मको ट्रेलरमा यूवतीहरुलाई चुम्बन गर्दै हिडेका पल शाह यो गीतमा भने भजन गाउँदै हिडेका छन् । यसले पनि फिल्ममा उनको भूमिका के हो भन्ने कौतुहलता दर्शकमा उत्पन्न हुने देखिएको छ ।

फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’मा पल शाहको यस्तो अवतार देखिएको छ ।

एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतलाई फिचरिङ गरिएको छ ।

विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

राजु विक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । यसैले, पनि फिल्मले फागुन १४ गते सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।

फिल्ममा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।