काठमाडौं महानगरपालिका वडा नं. ८ रहेको नित्यनाथ सत्तलको पुनःनिर्माणको लागि आज शिलान्यास सम्पन्न


फागुन ८, काठमाडौ। आजबाट नित्यनाथ सत्तलको पुनःनिर्माणको लागि काम थालनी गरियको छ।नेपाली काङ्ग्रेसको महामन्त्री गगन कुमार थापाले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गर्नुभएको हो । पुनर्निर्माणपछि यहाँ पुस्तकालय, सामाजिक कार्यका लागि हल र नित्यनाथ मन्दिर रहनेछ। परम्परागत वादन तथा गायन सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा रहिआएको छ।

यो संरचना २०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा थियो। सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै काठमाडौं महानगरपालिकाले निरन्तर लगानी गरिरहेकोमा काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग लागिपरेको देखिन्छ ।

त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक तथा वडा नं. ८ वडा अध्यक्ष आशामान संगत साथै वडा सदस्य सलोनी पराजुली (ओडारी) अन्य व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गर्नुभएको थियो । पुनःनिर्माणमा विषयमा स्थानीयको चासो रहन्छ । यसका हरेक पक्षमा छलफल गर्दै आपसी बुझाइमा एकरुपता कायम गरेर पुनःनिर्माण गर्नुपर्छ ।