राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशस्तरीय बृहत भण्डाफोर सभा घोषणा गरेको छ । भ्रष्टाचार र व्यथितिविरुद्धमा र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा घोषणा गरिएको बताइएको छ ।
पार्टी महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते, लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते, मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते भण्डाफोर सभा आयोजना गरिएको छ ।कोशी प्रदेशको भने मिति तय गरिएको छैन ।
प्रतिक्रिया