काठमाडौं, फागुन ९ । चालक कुटपिट भएको घटनाको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रवार (आज) बाट अनिश्चित कालिन यातायात बन्दको आह्वान गरेका छन् ।
उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् ।
घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट भएको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरिएको हो ।
प्रतिक्रिया