फिल्म ‘११ः५५’मा समावेश ‘रोक्ने छैन’ बोलको गीत आज सार्वजनिक गरिएको छ । यो गीतमा अल्मोणा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । सुमन परियारको पनि यो गीतमा स्वर सुन्न सकिन्छ ।
चैत्रको ८ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल लगायतका कलाकारहरुको फिचरिङ छ ।
फिल्ममा एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारीको पनि अभिनय छ । क्राइम थ्रीलर जनरामा निर्माण भएको यो फिल्ममा केशव पाण्डेको निर्देशन छ ।
फिल्ममा देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन छ ।
बिचित्र फिल्मस् र गुड जब आर्टस्को व्यानरमा निर्माण भएको यो फिल्ममा श्याम शर्मा र सरोज शर्माको लगानी छ । एमएस अग्रज यो फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया