दर्शक आकर्षित गर्ने ‘होस्टेल ३’को ट्रेलर



फिल्म ‘होस्टेल ३’ फागुनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको छ ।
युवापुस्ताको प्रेम, मित्रता, विछोड, रोमान्स र होस्टेल लाइफको कथामा यो फिल्म बनेको छ । सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म प्रा.लिको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

साहिल खानले सम्पादन गरेको यो ट्रेलरमा होस्टेलको रमाइला क्षणसँगै आइपर्ने विभिन्न खालका चुनौतीलाई पनि प्रस्तुत गरिएको छ । यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारहरुको अभिनय छ ।

साथै, फिल्ममा प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षीको भूमिकामा देखिएका छन् ।

सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा माधव शर्माको लेखन तथा एसोसियट निर्देशन छ । फिल्ममा सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारीको लगानी छ । शङ्कर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह–निर्माताको रुपमा छन् ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा विकास दाहालको सम्पादन, हिमाल केसीको एक्सन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइलको संगीत, प्रविण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन छ ।