अभिनेता दीलिप रायमाझीलाई पितृ शोक


काठमाडौ l अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ । लामो समय देखि विविध स्वास्थ्य  समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको गए राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो । 

मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा अमेरिका, हुँदै जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे नै काठमाण्डौँ आईपुगेका दलिपिले बुवालाई अन्तिम समयमा भेट्न पाएका थिए ।

बताईए अनुसार अहिले ९ बजे पशुपति आर्यघाटमा दिलिपको पिताको दाहसंस्कार गरिदैछ ।