फिल्म ‘कल्ली’को छायांकन आजबाबट सुरु गरिएको छ । काठमाडौंबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन फिल्मलाई काठमाडौंमा खिचिएपछि जुम्लामा बाँकी छायांकन गरिनेछ ।
३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो फिल्मको छायांकन गरिरहेका छन् ।
मिडियासँग गफ गर्ने क्रममा उत्तम प्रधान निकै नै उत्साहित देखिए । उत्तमले भने–‘यो फिल्मको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले फिल्ममा काम गरिनँ ।’
सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया