काठमाडौं । ‘केपी ओली कप’ फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उद्घाटन गरे।
केपी ओली कपको यो तेस्रो संस्करण हो। एमाले सम्बद्ध युवा संघ, नेपालको आयोजनामा प्रतियोगिता आयोजना हुँदै आएको छ।
प्रतियोगिता उद्घाटनका साथै आजै परेको प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिन पनि एन्फा कम्प्लेक्समै मनाइएको थियो।
प्रतिक्रिया