केपी ओली कपमा आज दुई खेल हुँदै


जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।

त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ । यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ । यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

May be an image of text that says 'ርብ KPOLI KP CUP2025 CUP 2025'