आजको मौसम पूर्वानुमान; कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने


काठमाडौँ- नेपालका विभिन्न स्थानहरूमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ।

आज दिउँसो देशभर मौसम आंशिक बदली हुँदै सफा रहने छ, तर कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि देशभर मौसम आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा हल्का वर्षा र चट्याङको सम्भावना रहेको र यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना देखिएको छ।

मौसममा भएको यस परिवर्तनको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक असर पार्न सक्छ। त्यसैले, मौसमको अवस्थाबारे सतर्क रहन र आवश्यक तयारी गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।