निर्देशक निश्चल बस्नेतले भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’लाई पक्षपात गर्दा उनलाई गालीको वर्षा भएको छ । सामाजिक संजालमा उनले भोलिबाट रिलिजमा आउन लागेका तीन फिल्ममध्ये ‘फेरि रेशम फिलिली र लाज शरणम्’को मात्र पोस्टर शेयर गर्दै शुभकामना दिएका छन् ।
उनले, दुई फिल्मलाई मात्र शुभकामना दिएर अर्को एकसाथ रिलिजमा आउन लागेको फिल्मलाई पक्षपात गर्दा नायक पल शाहका फ्यानहरुको नकारात्मक प्रतिक्रिया बढी पाएका छन् ।
अधिकांश सामाजिक संजाल प्रयोगकर्ताले ‘मायावी’लाई पक्षपात गरेको भन्दै निश्चलमा घमण्ड बढेको उल्लेख गरेका छन् । साथै, कतिपयले उनको शारीरिक रंगलाई लिएर पनि गाली गरिरहेका छन् ।
कमेडियन सुमन कार्कीले पनि सुरुवातमा ‘मायावी’लाई पक्षपात गर्दै दुई फिल्मलाई मात्र शुभकामना दिएका थिए । तर, अत्याधिक गाली आएपछि उनले ‘मायावी’लाई शुभकामना दिएर पोष्ट सच्याएका छन् ।
नेपाली फिल्मीकर्मीहरुले सामाजिक संजालमा निरन्तर रुपमा रिलिज हुन लागेका नयाँ फिल्मलाई साथ दिइरहेका छन् । तर, कहिलेकाही उनीहरुले एकसाथ रिलिज हुन लागेका फिल्मलाई पक्षपात गर्दा दर्शकको आक्रोश पाउने गरेका छन् ।
निश्चलले नायक पल शाहका कारण वा निर्माण टिमका अन्य कोही सदस्यका कारण यस्तो पक्षपात गरे त्यो खुलेको छैन ।
प्रतिक्रिया