प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिए


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिएका छन्। उनले मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभामा पार्टी एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै अबको यात्रा जनता र पार्टीको बलमा तय हुने बताएका छन्।

प्रचण्डले भने, केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत रूपमा जनतामा जाने निर्णय गरेका हौँ। तपाईँहरूले यहाँ नेताहरूको टीम देख्नुभएको छ। यहाँ कसैको पनि विमति र मतभेद छैन। हामी जनताको तागतको बलमा सत्ताको नेतृत्व लिने संकल्प गरेका छौँ ।

उनले यस अघि कांग्रेस र एमालेसँगका समीकरणका बारेमा पनि टिप्पणी गर्दै भने, कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै उनीहरूको फाइदा भएको छ। त्यो भूल अब हामी गर्दैनौँ।

अध्यक्ष प्रचण्डले अझै अहिले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको पनि जनाए।