ललितपुरमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु


काठमाडौँ- ललितपुर महानगरपालिका(२१, ठूलो खोकना निवासी ४९ वर्षीय भीमरत्न महर्जनको मृत्यु भएको छ। सोमबार बिहान ललितपुर महानगरपालिका(४, विष्णुदेवी मन्दिर नजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा महर्जन साइकलमा यात्रा गर्दै थिए।

घाइते महर्जनलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। तर, मंगलबार बिहान अस्पतालले उनको मृत्युको घोषणा गरिदिएको एसपी नरहरी रेग्मीले जानकारी दिएका छन्।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।