काठमाडौँ- अमेरिकी सरकारद्वारा विदेशी लगानी आकर्षित गर्नको लागि एक विशेष कार्यक्रम हो। यस कार्यक्रमको उद्देश्य अमेरिकामा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नु हो।
यस भिसा अन्तर्गत, विदेशी नागरिकहरूले अमेरिकी व्यवसायमा लगानी गर्नुपर्छ। विशेष गरी, १ मिलियन डलर ९लगभग ७।५ करोड रुपैयाँ वा लक्षित रोजगार क्षेत्र(Targeted Employment Areas) मा ५ लाख डलर लगभग ३.७५ करोड रुपैयाँ को लगानी गर्नुपर्ने हुन्छ। लगानीकर्ताले त्यस व्यवसायमा कम्तीमा १० स्थिर रोजगार सिर्जना गर्नुपर्ने हुन्छ, जसले अमेरिकामा आर्थिक विकासमा योगदान पुर्याउँछ।
यदि विदेशी लगानीकर्ताले यी शर्तहरू पूरा गर्छ भने, उनीहरूले ग्रीन कार्ड प्राप्त गर्न सक्छन् जसले अमेरिकी नागरिकता प्राप्त गर्नको लागि आधार तयार गर्छ। यो कार्यक्रमबाट आउने आम्दानी अमेरिकी सरकारको लागि फाइदाजनक हुन्छ र स्थानीय विकासमा पनि मद्दत पुर्याउँछ।
अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ुट्रम्प गोल्ड कार्डु कार्यक्रमको घोषणा गरेका छन्, जसलाई उनले इबी- ५ भिसा कार्यक्रमको विकल्पको रूपमा प्रस्तुत गरेका छन्। यसमा ५० लाख डलरको लागतमा गोल्ड कार्ड प्राप्त गर्न सकिन्छ, जसले नागरिकता प्राप्त गर्ने अर्को मार्ग खोल्दछ।
प्रतिक्रिया