गल्छी गाउँपालिका ३ गुप्तेश्वरी मन्दिरमा ट्याक्टर दुर्घटनास् दुई युवकको मृत्यु, अन्य दुई घाइते


काठमाडौँ- गल्छी गाउँपालिका(३ स्थित गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गत राति दुर्घटनामा परेको छ। दुर्घटनामा गजुरी गाउँपालिका(६ का दुई युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत्यु भएका व्यक्तिहरू १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङ हुन्। घाइते भएका १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई उपचारको लागि काठमाडौँ पठाइएको छ।

ट्याक्टर बागमती प्रदेश ०१(००४ क ३३५२ नम्बरको थियो र यो आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी ल्याउँदै गर्दा दुर्घटना भएको हो। मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए। दुर्घटनामा ट्याक्टर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।