काठमाडौँ- गैर आवासीय नेपाली संघ ९एनआरएनए० कतारका सह(कोषाध्यक्ष झविन्द्र आचार्यको शव नेपाल ल्याइएको छ। आचार्यको मृत्यु गत बुधबार कतारको अबुहमर रोडमा सडक दुर्घटनामा भएको थियो।
आचार्य कतारमा व्यवसाय गर्दै थिए र २०१२ मा कामदार भिसामा कतार गएका थिए। उनको शव काठमाडौंबाट गुल्मीको छाप हिले मालिका(५ पठाइएको जानकारी एनआरएनए कतारका सिइओ राजेन्द्र कुमार राउतले दिए।
कतारमा रहेका नेपाली दुतावास र एनआरएनए कतारको पहलमा शव काठमाडौं ल्याइएको हो। एनआरएनए अध्यक्ष बद्री केसीको सक्रियतामा शव गुल्मी पठाइएको राउतले बताए। शव हेलिकप्टरमार्फत काठमाडौंबाट गुल्मी पठाइएको छ।
प्रतिक्रिया