काठमाडौँ- गल्छी गाउँपालिका ३ स्थित गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर दुर्घटनामा परेको छ, जसमा दुई युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत्यु भएका व्यक्तिहरू १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङ हुन्। घाइते भएका १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ।
ट्याक्टर बागमती प्रदेश ०१(००४ क ३३५२ नम्बरको थियो र यो आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी ल्याउँदै गर्दा दुर्घटना भएको हो। मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए। दुर्घटनामा ट्याक्टर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया