म्याग्दीको गुइठेभिरमा इको भ्यान दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते


काठमाडौँ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा आज बिहान एक इको भ्यानु दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्। दुर्घटनामा परेर बा ६ च ४९४४ नम्बरको इको भ्यान कालीगण्डकी नदीको किनारमा खसेको थियो।

सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीका अनुसार, दुर्घटनामा चालक सुनदेवी गौचन ९सरिता०को घटनास्थलमै मृत्यु भएको छ। मृतक गौचन अन्नपूर्ण–४ घरापकी करीब ४० वर्षीया महिला थिइन्।

दुर्घटनामा सख्त घाइते भएका अन्य तीन यात्रु- रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्धार गरी पोखरा अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटना भएको भ्यान नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु लिएर जाँदै थियो र सडकदेखि लगभग १५० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर दुर्घटनाको अनुसन्धान थालिसकेको छ। यस घटनाका कारण अन्नपूर्ण–४ नारच्याङमा बुधबारदेखि सुरु हुन लागेको प्रथम तरुण कप भलिबल प्रतियोगिता स्थगित गरिएको छ। तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।