काठमाडौँ- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० चौराहाबाट प्रहरीले २८ वर्षीय मनिराम चमारलाई लागु औषधसहित पक्राउ गरेको छ। नवलपरासी प्रतापपुर गाउँपालिका गोपीगन्ज निवासी चमारलाई लागु औषध कारोबारको गोप्य सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले लु १५ प २७९३ नं। को मोटरसाइकल चेकजाँच गर्दा चमारसँग फेनरागन १ हजार एमपुल, डाईजेपाम १ हजार एमपुल, नुफिन १ हजार एमपुल र एक थान मोटरसाइकल लु ९५ प २७८३ बरामद गरेको जनाएको छ।
प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार, पक्राउ परेका चमारलाई बुटवलस्थित इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया