काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित प्रतापगढ जिल्लामा भयानक दुर्घटना भएको छ। प्रयागराज–अयोध्या राजमार्गमा राति ३ बजेतिर तीव्र गतिमा आएको एक कार अनियन्त्रित भएर घरमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
यस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। घरमा सुतिरहेका श्रीमान् र श्रीमती पनि गम्भीर घाइते भएका छन्।
इन्डिया टुडेको समाचार अनुसार, दुर्घटना भएको पछि स्थानीय बासिन्दा र प्रहरीले कारमा सवार श्रद्धालुहरूलाई निकै प्रयास गरेर बाहिर निकालेका थिए।
कारमा सात जना सवार थिए, र सबै झारखण्डका बासिन्दा थिए। उनीहरू प्रयागराज महाकुम्भबाट नुहाएर फर्किरहेका थिए।
प्रतिक्रिया