नायक धिरज मगरले फिल्म ‘कुस्ती’को छायांकन सुरु गरेका छन् । मंगलबार साँझ काठमाडौंको मातातीर्थमा शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । नायक धिरज मगर, कलाकारहरु पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो ।
अनिल योञ्जनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मले शहरको कथा भन्ने छ । यसैले, यो फिल्मलाई काठमाडौं वरिपरी नै खिचिनेछ । सम्बन्धमा रहेको एक जोडीको कथा यो फिल्मले भन्छ । ४५ दिनको सेड्यूलमा फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षको भनाई छ ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्ममा धिरज मगर, मिरुना मगर, वुद्दि तामाङ, दीकिला शेर्पा, रविन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बु लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मलाई कलाकार वुद्दि तामाङले निर्माण गर्दैछन् ।
उनले, कलाकारितामा बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गर्ने बताए । उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन फिल्ममा रहनेछ ।
यो फिल्मलाई आउँदो वर्षको भदौंमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
प्रतिक्रिया