फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई आउँदो वर्षको तिहारमा रिलिज गरिने निर्माणपक्षले बताएको छ । सुरेन्द्र पौडेलको कथा, सम्पादन र निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई कात्तिकको ३ गतेबाट रिलिज गर्ने जानकारी निर्माणपक्षले बताएको छ ।
यो फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । आशिस एच तामाङ र श्रीराज कार्की फिल्मका निर्माता हुन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्ममा महेश दवाडीको पटकथा छ । यो फिल्मको छायांकन एक सातापछि सुरु हुनेछ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई तराइमा खिचिनेछ ।
फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन, प्रदिप लामाको कोरियोग्राफी रहनेछ । वृषम सिद्धी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने फिल्मले सन्देशसँगै मनोरञ्जन पनि दिने बताइएको छ ।
प्रतिक्रिया