फिल्म ‘मायावी’ पाइरेसी भएको छ । टिकटकमा फिल्मको महत्वपूर्ण दृश्यहरु भाइरल छन् । जसलेगर्दा, फिल्मप्रतिको रुची दर्शकको रुची कम हुन सक्छ । यसैले, फिल्मका महत्वपूर्ण दृश्यहरुलाई टिकटकमा नराखिदिन यसको निर्माणपक्षले अपिल गरेको छ ।
फिल्मले वुधबारको दिन दर्शकको सुखद साथ पायो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । अधिकांश दर्शक क्लाइमेक्स दृश्यमा भावुक देखिए ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।
धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको वर्ड अफ माउथ बलियो भएकाकारण पनि आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास निर्माणपक्षको छ ।
प्रतिक्रिया