नेपाली बजारमा आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो


काठमाडौँ- आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला ८०० रूपैयाँ घटेको सुनको भाउ बिहीबार थप २०० रूपैयाँ घटेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य १ लाख ७० हजार ५०० रूपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रूपैयाँ थियो, जुन आज ५ रूपैयाँ बढेर १ हजार ९४५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।