समीरको ‘बलिदान’ दशैंमा पक्का



फिल्म ‘बलिदान’ दशैंमा रिलिज हुने पक्का भएको छ । निर्माणपक्षले फिल्मको टिजर केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ ।

टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गर्ने तयारी छ । तर, फिल्मलाई दशैंको फूलपातिबाट रिलिज गर्ने बिषयमा वितरक र निर्माताबिच सहमती भइसकेको छ ।

सन्तोष सेनको निर्देशनमा तयार भएको यो फिल्मको ४ महिना लगाएर छायांकन गरिएको थियो । फिल्मलाई लिएर दर्शकका उच्च क्रेज छ ।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय लगायतका कलाकारहरुको अभिनय छ ।

साथमा फिल्ममा दक्षिण भारतका १ सय ५० भन्दा बढी फाइटरहरुले काम गरेका छन् । फिल्मको घोषणा भएसँगै यसको चर्चा पनि चुलिएको हो ।

फिल्मलाई बलियो बनाउन कुनै कसर बाँकी नराखेको यसको निर्माणपक्षले बताएको छ । फिल्म बक्स अफिसमा आक्रामक कमाई गर्ने धेरैको विश्वास छ ।