काठमाडौँ- झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र कुहिएको अवस्थामा ३८ वर्षीय कुमार गुरुङको शव फेला परेको छ। मृतक कुमार गुरुङ पाँचथर रानीटार(२ का टेकबहादुर गुरुङका छोरा हुन्।
बिहीबार बिहान ७ बजेतिर शव फेला परेको थियो। मृतकको शव लुगा नलगाएको, जिन्स पाइन्ट र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो। शवको अवस्था हेर्दा प्रहरीको प्रारम्भिक अनुमान अनुसार करिब एक हप्ता अगाडि मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
घटनास्थलमा बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले अनुसन्धान गर्दै गरेको छ। झापा प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया