कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु


काठमाडौँ- कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीया युवती निर्मला बोहराको मृत्यु भएको छ। भीमदत्त नगरपालिका-१८ की निर्मला बोहरा शुक्लाफाँटा नगरपालिका-५ स्थित वन समितिमा मोटरसाइकलमा सवार थिइन्।

बिहीबार बिहान पूर्वपश्चिम राजमार्गमा बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। यस दुर्घटनामा मोटरसाइकल पछाडि सवार निर्मला बोहराको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्। कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार, घटना बारे थप अनुसन्धान भइरहेको छ।