काठमाडौँ- काठमाडौं महानगरपालिका नगर प्रहरीले बिहीबार बिहान अनियन्त्रित भई सडकमा आएको एउटा राँगो नियन्त्रणमा लिएको छ।
महानगर प्रहरी बलका अनुसार काठमाडौं–१२ टेकु दोभानमा अनियन्त्रित भएको राँगोले सवारीसाधन र मानिसमा क्षति पुर्याएको थियो।
घटनास्थलमा वन विभागका प्रतिनिधिको सहयोगमा राँगोलाई बेहोस बनाइएको थियो। नगर प्रहरी र कालिमाटी प्रहरीको संयुक्त उद्धार टोलीले राँगोलाई स्नेहाज केयर संस्थामा बुझाएको नगर प्रहरी बलले जनाएको छ।
प्रतिक्रिया