सुर्खेतमा फोर्स गाडी दुर्घटना, १३ जना घाइते


काठमाडौँ- सुर्खेतमा बिहीबार फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। दैलेखको दुल्लुबाट कर्णाली राजमार्ग हुँदै वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको गाडी वीरेन्द्रनगरस्थित बांगेसिमलमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रविर विश्वकर्माले गाडीमा सवार १६ मध्ये १३ जना घाइते भएको जानकारी दिए। घाइतेहरुलाई प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा पठाइएको छ। गाडी अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको उनले बताए।