झापामा सशस्त्र प्रहरीलाई फसाएर दुर्व्यवहार र हातपात गरेको आरोपमा कारोबारी पिन्टु साह पक्राउ


काठमाडौँ- झापामा सशस्त्र प्रहरीलाई योजनाबद्ध तरिकाले फसाएर दुर्व्यवहार र हातपात गरेको आरोपमा बिर्तामोडका एक कारोबारी पिन्टु साह पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाका अनुसार साहलाई बुधबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो। साहलाई उजुरीको आधारमा पक्राउ गरिएको हो र उनी अहिले काँकडभिट्टामा प्रहरीको नियन्त्रणमा रहेका छन्।

घटनाको विवरण अनुसार, सोमबार बिहान मेचीनगर ७ स्थित सतिघट्टा नाकाबाट भन्सार छलेर अवैधरूपमा भित्र्याइएका मटर, कपडालगायतका सामान लोड गरिएको गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो। गाडी चालक फरार भएपछि सशस्त्रले सामानसहितको गाडी काँकडभिट्टातर्फ ल्याउँदै थिए, तर काली खोला नजिक पुगेपछि दुई दर्जन बढी कारोबारीहरूले गाडीलाई घेराउ गरेर दुर्व्यवहार र हातपात गर्न थाले।

यस अवसरमा कारोबारी पिन्टु साहले योजनाबद्ध रुपमा गाडी भगाउने प्रयास गरे। उनले डुप्लिकेट चाबी प्रयोग गरेर गाडी भगाउन सफल भए र उल्टै सशस्त्र प्रहरीसँग दुर्व्यवहार र हातपात गरेको आरोप छ।

साहको बारेमा अनुसन्धानका क्रममा खुलेको छ कि उनले सशस्त्र र नेपाल प्रहरीलाई मासिक नजराना बुझाएर ठूलो व्यापार गर्दै आएका थिए। उनी लामो समयदेखि भन्सार छली वस्तुहरुको कारोबार गर्दै आएका थिए र सबैलाई प्रभावमा पारेर व्यापार सञ्चालन गर्दै आएका थिए।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाले साहको विरुद्ध अनुसन्धान गरिरहेको छ र उनलाई पक्राउ गरिएको छ।