१५ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या हो । संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेटसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन् ।
संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।
यो विधेयकमाथि यही फागुन १२ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपश्चात् प्रतिनिधि सभाले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय पाएका हुन् ।
प्रतिक्रिया