रूकुम पूर्वसहित देशभर वर्षा, बाढी र पहिरोको खतरा


काठमाडौँ- रूकुम पूर्वसहित देशका विभिन्न हिमाली र पहाडी क्षेत्रहरूमा रातिदेखि लगातार वर्षा भइरहेको छ। रूकुमकोट सहित जिल्ला भर वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

विभागका अनुसार, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। यसले बाढी, पहिरो र चिसोको जोखिम बढाउन सक्छ। मौसम विभागले स्थानीयलाई सतर्क रहन र चिसोबाट बच्न आग्रह गरेको छ।

वर्षाका कारण केही स्थानमा यातायातमा अवरोध सिर्जना भएको छ र तापक्रम घटेसँगै चिसो बढेको छ। मौसमविद्हरूका अनुसार, आगामी केही दिनसम्म हल्कादेखि मध्यम वर्षा जारी रहने छ।