बर्दियामा सात जुवाडे पक्राउ, एक लाख ८४ हजार नगद बरामद


काठमाडौँ- बर्दियाको बाँसगढी नगरपालिका(५ स्थित मुनलाइट होटेलबाट सात जुवाडे पक्राउ परेका छन्। उक्त होटेलमा नगद जितहार हुने गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते राति उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरूमा बाँसगढी(५ का ३९ वर्षीय रामबहादुर बुढाथोकी, ३५ वर्षीय लक्ष्मीप्रसाद पौडेल, ४८ वर्षीय दयाराम लम्साल, ५२ वर्षीय शिवबहादुर सुनार, ३४ वर्षीय जीवन पौडेल, १९ वर्षीय दीपक सुनार र बढैयाताल गाउँपालिका(६ रानीपुरका ४१ वर्षीय बिष्णुराज पौडेल रहेका छन्।

पक्राउ परेकाहरूसँग एक लाख ८४ हजार नगद पनि बरामद गरिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार, पक्राउ परेकाहरु माथि थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति प्रदान गरेको छ।