काठमाडौँ- फागुन १५ गते दिउँसो करिब ३ बजे नमोबुद्ध नगरपालिका(१ कानाकोट स्थित वृद्धाश्रमको निर्माणाधीन भवनमा सुक्खा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ।
घटनास्थलमा काम गर्दै गरेका मजदुर दुर्जन माझीको माथिबाट खसेको सुक्खा पहिरोका कारण निर्माणाधीन भवनको दोस्रो तल्लाको पिल्लर भत्किएको थियो। पिल्लर ढलेसँगै रडले उनका टाउकोमा प्रहार गरी गम्भीर घाइते भएका माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
मृतक दुर्जन माझी पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका ३ का कैलेश्वर माझीका छोरा हुन्।
प्रतिक्रिया