काठमाडौँ- जिल्लाको ठाकुरबाट नगरपालिका – ३ बनकट्टीका ६० वर्षीय दरबारिया थारुको मृत्यु भएको छ। मोटरसाइकल चालक ६० वर्षीय माक्कुराम थारुको अवस्था गम्भीर छ। उनको बाँकेको नेपालगन्जस्थित नरसिंहहोममा उपचार भइरहेको छ।
जिल्ला प्रहरी प्रवक्ता ऋषिराम घर्ती मगरकाअनुसार दुर्घटना पछि दुवै जनाको उद्धार गरी नगर अस्पतला भुरीगाउँमा पुर्याइएको थियो।
त्यहाँ पुर्याउनासाथ चिकित्सकले दरबारिया थारुलाई बिहीबार बेलुकी पौने ८ बजेतिर मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक माक्कुरामको भुरीगाउँमा उपचार संभव नभएपछि राति नै बाँके रेफर गरिएको थियो।
सुरुमा मोटरसाइकल दुर्घटनाको कारण नखुलेपनि राति अबेर प्रहरीले अटोको ठक्कर बाट त्यो दुर्घटना भएको पत्ता लगाएको डिएसपी मगरले बताए।
घटना अनुसन्धानका क्रममा राति १० बजे पछि ठाकुर बाबा – २ का ४७ बर्षीय धनिराम थारुले चलाएको भे १ स ८५३२ नम्बरको अटोले थारु द्धय सवार भे १२ प ११०८ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको खुलेको थियो।
ठाकुकर बाबा – ३ भुरीगाउँको बगनाहाबाट बनकट्टी तर्फ जाँदै गरेको मोटरसाइकलाई अटोले ठक्कर दिएपछि उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ।
प्रतिक्रिया