सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ बजे यता २३ वटा परकम्प गएका छन् । आज विहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गयो थियो। त्यसपछि बिहान साढे ७ बजेसम्म २३ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले बताए । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने भएको छैन् ।
प्रतिक्रिया